कोरोना संक्रमण रोक्न विपद् व्यवस्थापन कोषको रकम खर्च गरिने,

चैत ८ ,काठमान्डौ – कोरोना संक्रमण (कोभिड १९ ) को सम्भावित जोकिम रोक्न सरकारले केन्द्रीय विपद् व्यवस्थापन कोषको करिब डेढ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

विपद व्यवस्थापन भूकम्प, बाढी/पहिरो, डुबान, आगलागी, हिमपातलगायतबाट हुने मानवीय र भौतिक क्षति तथा त्यसबाट सिर्जित समस्या समाधानमा प्रयोग गरिदै आएको कोषको रकम कोभिड,१९ भित्रिन नदिन चालिएका योजनामा खर्च हुने भएको हो ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले कोषको रकम कोभिड १९ विरुद्धका प्रतिकार्य योजनामा खर्च गर्न अनुमति दिएको हो ।

lekbesi

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार कोषमा हाल १ अर्ब ५३ करोड ७० लाख ३८ हजार रुपैयाँ सञ्चित छ ।

कोषको रकम आवश्यकता अनुसार संघ, प्रदेश र स्थानीय तह मार्फत् खर्च हुने गरी व्यवस्था मिलाइएको छ ।

विश्वमा महामारी रुपले फैलीएको कोभिद १९ बाट बच्न नेपालमा भित्रिन नदिन चालिएका कदममा कोषमा भएको रकम खर्च गर्न अनुमति पाइसकेको अनिल पोखरेलले बताए।

नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिन सरकारले योजना तयारदेखि स्वास्थ्य, सुरक्षा तथा अन्य कदम अगाडी बढाएको छ ।