बहराईनमा तिन नेपालीमा कोरोना संक्रमण ,

चैत ९ ,काठमान्डौ – बहराईनमा तिन नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार परिक्षनको क्रममा तिन जना पुरुषमा ( कोभिड १९ ) को संक्रमण भेटिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बताए ।

कामको शिलशिलामा बहराईन पुगेका अलग अलग कम्पनिका तिन नेपालीमा कोरोनाको संक्रमण देखिएको र उनीहरुको परिचय गोप्य राखीएको पदम सुन्दासले बताए ।

lekbesi

तेस्तै उनीहरुलाई बहराईन सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको सुन्दासले बताए ।

बहराईन सरकारले छुट्टै तीन ठूलो अस्पताल बनाएर कोरोना संक्रमितलाई उपचार गरिरहेको छ ।

थप तिन जनालाईपनि कोरोनाको संक्रमित देखिएको हुनाले उनीहरुलाई पनि क्वारेन्टाइनमा राखेर उपचार भईरहेको बताईएको छ ।

संक्रमित व्याक्तिले काम गर्ने कम्पनिका अन्य कामदारलाई पनि निगरानीमा राखीएको र घर घरमा पुगेर परीक्षण लिने काम भइरहेको पदम सुन्दासले बताए ।

बहराईनमा हाल सम्म ३०५ जनामा कोरोना संक्रमित फेला परेको बहराईन स्वास्थ्य मन्त्रालयले बताएको छ । बहराईमा एक जनाको कोरोना संक्रमणबाट मृतु भईसकेको छ ।