भारतबाट आउने हरेक नेपालीमा निगरानी ,

चैत ९ ,काठमान्डौ – भारतबाट आउने हरेक नेपालीमा सरकारले निगरानी गर्ने बताएको छ ।

भारतका हरेक नाकामा निगरानी हेल्थ डेस्क संगै कोरोना संक्रमितबाट बच्न र बचाउन पनि नेपालीलाई संदेश दिईएको छ ।

भारत नेपाल नाका सरकारले बन्द नगरेको अवस्थामा गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी संगै अन्य मुलुकबाट भित्रिने नागरिकमाथि पनि निगरानी गरिने गृह मन्त्रालयले निर्णय गरेको हो ।

lekbesi

नाकामा प्रवेश गर्ने हरेक नेपालीमा निगरानी गरि संक्षिप्त विवरण लिएर निजहरु कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ ।

उनीहरुको स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था पहिचान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन पनि भनिएको छ ।

यो बारे सीमामा बस्ने सुरक्षा अधिकारिले सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ ।

तेस्तै महामारीको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण र अनुगमनलाई पनि तीब्र बनाइएको गृहमन्त्रालयले जनाइएको छ ।

सामाजिक संजालमा कोरोना संक्रमणबारे गलत सुचना फैलाउनेमा पनि मन्त्रालयले अनुगमन तिब्र पारेको बताएको छ ।