कैलालीमा विस्फोट एकको मृतु ,

चैत ९ ,धनगढी – कैलालीमा विस्फोट भएको छ । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा ४० वर्षीय नरबहादुर बिकको मृतु भएको हो ।

दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भएर उनको मृतु भएको प्रहरीले बताएको छ ।

कुन वस्तु र घरमा ल्याएर आगोमा हाल्दा विस्फोट भएको या उछिटिएर विकको शरीरमा लाग्न गई मृत्यु भएको हो भन्ने कुरा एकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

lekbesi