Simta
Simta
lekbesi

भोलिदेखि लामोदुरीका सार्वजनिक यातायात बन्द ,

Gurvakot

चैत ९ ,काठमान्डौ – भोलिदेखि लामोदुरीका सार्वजनिक यातायात बन्द हुने तर निजि सवारी साधनलाई नरोक्ने सरकारले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनताको नाममा गरेको सम्बोधनमा १० गते देखि लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए ।

यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

lekbesi

प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ ।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताए ।

उनले लामो छोटो दुरीमा चल्ने एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए ।

एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी सार्वजनिक सवारी रोकिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

उपत्यकाको नाकाहरुबाट जान र आउन नपाउने गरी सार्वजनिक यातायातका साधन बन्द हुने उनको भनाइ छ ।विभागले भने यो विषयमा स्पस्ट नपर्दा यात्रु अलपत्रमा परेका छन् ।

 

Simta