चीनले गर्यो कोरोना भाइरसको खोप परीक्षण,

चैत ९ ,बेइजिङ- चीनले कोरोना भाईरसविरुद्दको खोप परिक्षन गरेको छ ।चीनबाट उत्पति भएको कोरोना भाइरस कोभिड १९ ले अहिले विश्वमा महामारी ल्याएको छ ।

पछिल्लो समयमा अन्य मुलुकमा कोरोनाले विकराल रुप लिएको छ तर चीनले भने यसलाई पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमितदर शून्यमा झारेको छ ।

चीनमा क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो ।

lekbesi

परीक्षणमा सामेल १०८ जना १८ देखि ६० वर्ष उमेर समूहका छन् । उनीहरुलाई तीन समूहमा विभाजित गरेर खोप परीक्षणमा सामेल गरिएको छ ।

ती समूहमध्ये एउटा समूहलाई न्यून डोजको खोप दिइएको छ भने दोस्रो समूहलाई मध्यम डोज र तेस्रो समूहलाई उच्च डोजको खोप दिइएको छ ।

खोप लगाएका सबैलाई कम्तीमा १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ । यसबीचमा उनीहरुको शरीरमा देखिने सकारात्मक तथा नकारात्मक प्रभावलाई अनुसन्धानकर्ताले निरीक्षण गरी खोपको प्रभावकारिताबारे अध्ययन गर्ने बताईएको छ ।