तनहुँमा बस दुर्घटना तिन जनाको मृतु ,
चैत ९ ,तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ मृतकको सनाखत हुनसकेको छैन ।
पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।
बसमा करिब ३० जना सवार रहेको खुल्न आएको उनले बताए । घाईते १० जनालाई उद्दार गरिएको जसमध्य ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको उनले बताए ।
बस आईतबार साँझा ६ बजे सडकबाट झन्डै १०० मिटर तल खसेको आबुखैरेनी प्रहरी चौकीका प्रमुख बुद्धि सुवेदीले बताए।