गौरीफन्टा नाकामा नागरिकमाथि प्रहरीको दादागिरी,

चैत ११ ,धनगढी – कैलालीको गौरीफन्टा नाकामा रोकिएका नेपालीहरुमा प्रहरीले दादागिरी गर्दै लाठी चार्ज गरेको छ ।

भारतबाट आएका नेपालीहरुलाई लकडाउन भन्दै नेपालमा प्रवेशमा रोक लगाएपछि उक्त क्षेत्र अहिले तनाव ग्रस्त छ ।

भारतका सिमा असर्कार्ले बन्द गरेपछि हजारौ नेपालि नाकामा अलपत्र परेका छन् ।करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

lekbesi

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् ।

प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्नेबारेमा गृह मन्त्रालयको निर्देशन कुरिरहेको जानकारी दिए ।

सरकारको यस्तो गल्तिले बारम्बार जनताले दुख पाउने गरेका छन् ।अपर्झट लकडाउन ,सिमानाका बन्द ,लामो दुरी छोटो दुरीका यतायात बन्दजस्ता निर्णयले धेरैको संख्यामा यात्रुहरु अझै गोंगबु नँयाबास्पार्कमा आल्पत्र छन् ।

सरा -सर राज्यले कमजोरी गरेको नागरिकको गुनासो छ ।कोरोनाको महामारीबाट सतर्कता अपनाउने भन्दै साँझ निर्णय बिहान बन्द जस्ता सरकारका कार्यले नागरिकले सास्ती बेहोर्न परेको छ ।