यशुका नाममा कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ,

चैत ११ ,पोखरा – यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

lekbesi

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए ।

उनले अनुयायीमाथि प्राथा गरेको भिडियो सामाजिक संजालभरि भाईरल छ । उनले यशुका नाममा कोरोन नस्ट होईजा ,भाग भन्दै कराएको भिडियो समाजिक संजालमा छ ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।