काठमान्डौ महानगरपालिका भन्छ बाहिर नानिकल्नुस समस्या परे कल गर्नुहोस ,

चैत ११ ,काठमान्डौ – काठमान्डौ महानगरपालिकाले नागरिकलाई बाहिर ननिक्लन अपिल गरेको छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले आजदेखि देशनै लक् डाउन गरेको छ ।यो अवस्थामा अत्यावस्यक काम भन्दा कुनैपनि नागरिक घरमै बसेर सरकारलाई सहयोग गर्न र आफु पनि बच्न बचाउन आग्रह गरेको छ ।

तेस्तै कुनैपनि व्याक्तिमा कुनै सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने बेला आएका काठमान्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आग्रह गरेका छन् ।

lekbesi

नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहिरहन पनि शाक्यले निर्देशन दिएका छन् ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी, काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमूल गर्न चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशन स्वागतयोग्य भएको महानगरले बताएको छ ।

यस्तो अवस्थामा आफ्ना घर वरपरक छर छिमेकमा समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको र सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिन सम्बद्ध व्यवसायीहरूलाई समेत महानगरले अनुरोध गरेको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आय निम्न नम्बरमा अकल गर्न नगरपालिकाले जानकारी गरेको छ । जसमा महानगरपालिका प्रमुख ,उपप्रमुख देखि जनप्रतिनिधिको नम्बर जुनसुकै बेलापनि खुल्ला रहने बताईएको छ ।