अमेरिकामा कोरोना संक्रमितबाट नेपालीको मृतु ,

चैत ११ ,न्यूयोर्क – अमेरिकामा कोरोना संक्रमितबाट एक नेपालीको मृतु भएको छ ।

पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए ।

सुब्बा १५ वर्ष अघिबाट अमेरिकामा बस्दै आएका थिए । अमेरिकामा ट्याक्सी चालक सुब्बा मधुमेह र उच्च रक्तचापका बिरामी थिए सुब्बाका एक छोरा र दुई छोरी छन्।

lekbesi

मधुमेहका रोगि उनलाई ज्योरो आएपछि अस्पताल पुर्याईएको थियो । उनका परिवार सबै सदस्यको परीक्षण गरिएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि बेलायतमा एकजना नेपालीको मृत्यु भएको थियो ।