Simta
Simta
lekbesi

हात धोएर काम गर्दा रोग सर्दैन भनेर पत्ता लगाउने वैज्ञानिक यी हुन् ,

Gurvakot

चैत ११ ,काठमान्डौ – नेपालमा मात्र नभई विश्वमानै खाना खानु अघि वा कुनै कार्य गरेपछि हात धुने चलन छ ।

अहिले नेपालमा हात धुने चलन निकै बढेको छ ।त्यो हो विश्वमै फैलीएको कोरोना संक्रमण नहोस भनेर यसको सावधानी अपनाईएको ।

तर कुनै कार्य गर्नु अघि हात धुनुपर्छ भन्ने कसले सिकायो त यी वैज्ञानिक हुन् जसलाई तपाई सम्झिनुहोस ।

lekbesi

हात धोयर अस्पतालमा बच्चा जन्माउने कामको साथ साथै बिरामीको उपचार गर्दा र अपरेसन गर्दा डाक्टरहरु र नर्सहरुले हात धोएर काम गर्यो भने रोग सर्दैन र धेरै सुत्केरीहरु र बिरामीहरुको ज्यान बच्छ भन्ने कुरा पत्ता लगाउने पहिलो बैज्ञानिकको नाम Ignaz Semmelweis (ईग्नाज सेमेलवेइस) हो ।

उनी हंगेरीमा जन्मेका थिए। आज भन्दा १७३ बर्ष अगाढी उनले प्रसुती गृहमा काम गर्दै गर्दा डाक्टरहरुले हात धोएर बच्चा जन्माउने काममा सहयोग गर्यो भने सुत्केरीको मृत्यु दर एकदमै कम हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए ।

त्यो बेला सम्म सुत्केरीको मृत्यु दर निकै धेरै थियो। उनले आफुले काम गर्ने वार्डको सबै स्टाफहरुलाई हात धोएर मात्र बिरामीलाई छुने नियम बनाइ दिए।

तर त्यो बेला ठुला -ठुला डाक्टरहरुले उनको कुरालाई पटक्कै विश्वास गरेनन । उनको खिल्ली उडाउदै विरोध समेत गरे ।

फलस्वरूप उनको मानसिक स्थिति बिग्रिदै गयो । उनलाई जबर्जस्ति मानसिक अस्पतालमा भर्ना गरियो र तेही क्रममा उनलाई कुटपिट गरि गरियो ।

कुटपिटको चोटले गर्दा केहि समय पछि ४७ वर्षको उमेरमा उनको मृतु भयो ।ईग्नाज सेमेलवेइस मरेर गएपनि उनले पत्ता लगाएको विधि अहिले सम्म लागु छ र सत्यमा परिणत भएको छ ।

Simta