Gold
Bangad salyan

नेपाल वायुसेवा निगमले ल्याउन लागेका २ वटा वाइडबडी जहाजको मर्मत निजि कम्पनीलाई दिने तयारि ,,

Salyan

२० चैत काठमाडौं – नेपाल वायुसेवा निगमले ल्याउन लागेका २ वटा वाइडबडी जहाजको मर्मतको जिम्मा निजी कम्पनीलाई दिने तयारी थालेको छ । यस्तो मर्मत सम्भारको काम इन्जिन निर्माता कम्पनी रोल्स रोजीलाई दिँदा प्रभावकारी हुने भन्दै यसको लागि आवश्यक प्रक्रिया समेत सुरु गरेको निगमले जानकारी दिएको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगमले निर्माता कम्पनीले मात्रै दिन सक्ने सेवा खरिद गर्न सर्वाजनिक खरिद ऐन २०६३ मा बिना टेन्डर सोझै खरिद गर्न सक्ने प्रावधान रहेकाले १२ वर्षका लागि ४ वटै इन्जिनको मर्मत गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिन लागेको बताएको छ । टोटल केयर प्याकेज भन्ने सेवा यो कम्पनीले मात्रै दिनसक्ने निगमको दावी छ ।

निगमले २ वटा वाइडबडीसँगै ६ वटा ट्वीनटर जहाज पनि थप्ने योजना बनाएको छ । र, ४० वर्ष अघि खरिद गरिएका ३ वटा पुराना ट्वीनटर जहाजलाई १८ महिना भित्रै प्रतिस्थापन गर्ने निगमले योजना बनाएको छ ।२ वटा ट्वीनटर जहाज चालु अवस्थामा छन् भने एउँटा बिग्रेर बसेको छ । अब यि पुराना सबै जहाजलाई नयाँ जहाज खरिद गरेर प्रतिस्थापन गरिन्छ,’ निगम प्रवक्ता श्रेष्ठले भने ।


निगमको कूल आयलाई बढाउँदै लैजाने मूल उद्देश्यका साथ विमान खरिदको कामलाई पहिलो प्राथमिकतामा राखिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।निगमले नयाँ विमान थप्ने कामसँगै सबै पुराना विमानहरु पनि १८ महिना भित्र प्रतिस्थापन गर्ने योजना पनि अघि सारेको छ । त्यसैगरी निगमले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।त्यसका लागि इन्जिनियरिङ र संचालनतर्फ एक/एक जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको पनि प्रबन्ध निर्देशक कंसाकारले बताए ।