ईतिहासमा नेपालमा पहिलोपटक हवाई सेवा ठप्प ,

चैत ११ ,काठमन्डौ – नेपालमा ७० वर्षको ईतिहासमा पहिलोपटक हवाई सेवा ठप्प पारिएको छ ।
अन्तर्राष्ट्रियसहित देशभरका सबै ३४ विमानस्थल ठप्पै हुनेगरी हवाई यातायात सेवा रोकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक साढे ४ सय र काठमाडौं उपत्यकाबाहिर ३४ वटा विमानस्थलमा डेढ सय हाराहारी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए।

लकडाउनका कारण मंगलबार विमानस्थलमा चार्टर, रेस्क्यु लगायतका कुनै पनि उडान भएनन्।

lekbesi

नेपालमा हवाई सेवा संचालन भययता हवाई सेवा ठप्प भएको यो पहिलो रेकर्ड रहेको क्षेत्रिले बताएका हुन् ।हाल नेपालमा तीनवटा स्वदेशीसहित २९ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स र २१ वटा घरेलु (रोटर र फिक्सड विङ) एयरलायन्सले उडान गर्छन्।

नेपालमा ठुला ठुला घटना भएपनि यसअघि विभिन्न विपत् तथा हवाई घटना/दुर्घटना हुँदा पनि उडान नरोकिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

विगत २३ वर्षबाट उडान भर्दै आएको बुद्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आज सम्म नेपालमा हवाई सेवा ठप्प नभएको र आफुले थाहा नपाएको बताए ।

विश्वभरिनै कोरोना संक्रमणको महामारी छ ।उक्त महामारीबाट बच्न सरकारले आज देखि १८ गते सम्म देश लक्डाउन गरेको छ ।

सबैले यसको नियम पालाना गरि घरै बसी सुरक्षित रहन सरकारले जनतामा आग्रह गरेको छ ।