नाकामा अलपत्र परेका नेपालीको २८ घण्टा पछि उद्दार ,

चैत १२ ,कैलाली – भारतीय नाक गौरीफन्टामा अलपत्र परेका १९४ नेपालिलाई २८ घण्टा पछि उद्दार गरिएको छ ।

भारतको विभिन्न ठाँउबाट सोमबार उनीहरु नेपाल आएका थिए । सरकारले गरेको लक् डाउन पछि ति नेपालीहरु नाकामा अलपत्र परेका थिए ।

नेपालका विभिनन ९जिल्लाका ति नागरिकलाई संघीय सरकारको निर्देशनपछि स्थानीय प्रशासनले प्रदेश सरकारको पहलमा घर फर्किने व्यवस्था मिलाएको हो ।

lekbesi

राति करीव १० बजे उनीहरु त्रिनगर भन्सार भएर नेपाल प्रवेश गरेका हुन् । लकडाउनको पूर्वसन्ध्यामा गौरीफन्टा पुगेका उनीहरुलाई स्थानीय प्रशासनले संघीय सरकारको आदेशमा नेपाल प्रवेशमा रोक लगाएको थियो ।

संघीय सरकारले नै उनीहरुलाई नेपाल प्रवेश गर्न दिन निर्देशन दिएपछि स्थानीय प्रशासनले प्रदेश सरकारसंगको समन्वयमा घर फर्किने व्यवस्था मिलाएको हो । उनीहरुलाई सम्बन्धित जिल्लामा क्वारेन्टाईनमा राखिने बताइएको छ ।