नेपालमा थप एक जनामाथि कोरोना पोजेटिभ ,

चैत १२ ,काठमन्डौ -नेपालमा थप एक जनामाथि कोरोना संकर्मित फेला परेको छ ।बुधबार तेस्रो पटक पोजेटिभ भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारीले बताएका छन् ।

संक्रमितको अन्य जानकारी भने खुलाइएको छैन। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

यो संगै नेपालमा तिन जनालाई कोरोना संक्रमित फेला परेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

lekbesi

केहि समय अघि चीनबाट आएका एक विद्यार्थीमा कोभिड १९ फेला परेको थियो ।उपचार पछि उनि सन्चो भएर फर्केका थिए ।

तेस्तै चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया नेपालि युवतीमा संक्रमण फेला परेपछि उनको शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भईरहेको छ ।