सुर्खेतमा लकडाउन उल्लघन गर्नेलाई यस्तो सजाय ,

चैत १२ ,काठमान्डौ – सरकारले हिजोदेखि देशैभर लकडाउन गरेको छ । लकडाउनको बेला उल्लघन गर्नेलाई सुर्खेतमा प्रहरीले केहि व्याक्तिलाई दश मिनेट सम्म बसालेको छ ।

लकडाउनमा चलाउने सवारी साधनलै नियन्त्रमा लिएको र सडकमा हिड्ने नागरिकलाई सामान्य सम्झाएर पाठाएको प्रहरीले बताएको छ ।

त्यस्तै दाङमा एक जनालाई प्रहरीले लक डाउनको अवज्ञा गर्नेलाई उठबस गर्न लगाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले उठबस गराउने प्रहरीलाई पनि कारबाही गर्ने बताएका छन्।

lekbesi

तेसैगरी भक्तपुरमा लकडाउन उल्लघन गर्नेलाई सशस्त्र प्रहरीले बीच सडकमा तीन जनालाई घोप्टो पारेर लाठी हानेको छ।

 

कतिपए ठाँउमा भने प्रहरीले सर्वसधारणलाई लाठि र झापड हानेको छ ।कतिपए ठाँउमा प्रहरिले नागरिकलाई दुर्व्याहार गरेको छ ।

लक डाउनमा अत्यावस्यक काम भन्दा बाहिर सरकारले ननिस्कन भनेपछि देशभर सुनसान देखिने गरेको छ ।

बुधबार बिहानदेखि नै सुनसरी खनारको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडिओमा प्रहरीले गरेको व्यवहारलाई कतिपयले गाली गरेका छन् भने कतिले सहि भनेका छन्।उक्त भिडिओमा दुई प्रहरीले साइकल चलाएर आइरहेका एक युवालाई लाठीले हानेको देखिन्छ।

इटहरी प्रहरी कार्यालयबाट खटिएका दुई हवल्दारले साइकल चालकलाई चार पटकसम्म लाठी हानेर फिर्ता पठाइदिएका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले लाठी हान्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताए।

आफ्नै मातहातका प्रहरी भएको र कारबाहीकालागि तानीसकेको भण्डारीले बताए । नागरिकमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गरिने बताईएको छ ।