घरमा बसेर यो संक्रमणको अवस्थालाई सिर्जनात्मक र रचनात्मक बनाउ रास्ट्रपति ,

चैत १२ ,काठमान्डौ – कोरोना संक्रमणको माहामारी भईरहेको बेला सबै घरमा बस्न रास्ट्रपति विद्या देवी भण्डारीले अपिल गरेकी छिन।

कोरोन भाईरसले मानव सभ्यता र मानिसको अस्तित्वमानै विश्वव्यापी चुनौती खडा गरेको हुनाले यो जटिल परिवेसलाई निस्तेज पार्न अभियानलाई सहयोग गर्नपनि रास्ट्रपतिले सबैमा आग्रह गरेकी छिन ।

बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्शमा राष्ट्रपतिद्वारा जारी सन्देशमा लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सकिने कुरामा ध्यानाकर्षण गराएकी छिन् ।

lekbesi