पोखराको क्वारेन्टाइनमा एक जनाको मृत्यु ,कोरोनाको रिपोर्ट आउँन बाँकी ,

चैत १२ ,पोखरा – क्वारेन्टाइनमा राखीएका एक जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । उनि केहिदिन अगाडी मात्र भारतको हैदराबादबाट नेपाल आएका थिए ।

लामो समयदेखि मुटुको रिगी रहेका ति व्याक्तिलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

lekbesi

मृतक लामो समयाबाट मुटुको रोगि रहेको र उनको कलेजोमा पानि जमेको संन्मा आएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको थियो ।

कोरोन भए नभएको पुस्टि हुन बाँकी रहेको र रिपोर्ट काठमान्डौ ल्याबमा पाठाएको आचार्यले बताए ।

तेस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएकाले काठमाडौं पठाउनु पर्ने बताउँछन् ।

सरकारले प्रदेशलाई टेस्ट मेसिन दिने निर्णय गरेपनि अझै आईनसकेको हुनाले कोरोनाको रिपोर्ट छेक गर्न काठमान्डौनै पठाउने गरेको बताए ।

उनले भने मेसिन अझै आइसकेको छैन केहि समय लाग्छ होला अहिले झनै देशमा लकडाउन छ ।