खुलामञ्चमा निर्माण क्वारेन्टाईनको अवोलकन गर्दै कर्णालीका मुख्यमन्त्री शाही ,

चैत १३ ,काठमान्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले वीरेन्द्रनगर खुलामञ्चमा निर्माण क्वारेन्टाईन कार्यको अवोलकन गरेका छन् ।

कोभिड १९ बाट संक्रमितको सुरक्षा उपचारको लागि प्रदेश सरकार र नेपाली सेनाले खुलामञ्चमा ४०० वेडको क्वारेन्टाईन निर्माण गरेको छ ।

निर्माण गरिरहेको क्वारेन्टाईन करिब अन्तिम चरणमा रहेको छ । क्वारेन्टाईनमा शौचालय निर्माण ,खानेपानी तथा विधुत कार्य जडान भईरहेको र भोलिदेखिनै एक सय जनालाई राख्नसकिने नेपालि सेनाका पृतनापति सरोज प्रताप रानाले माननीय मुख्यमन्त्रीज्यूलाई जानकारी गराएका हुन्।

lekbesi

तेस्तै कोरोना संक्रमित रोकथाम र प्रयोजनको लागि हाल सम्म भएका कामको समिक्षा र आगामी रणनीतिको लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको मन्त्री तथा सचिवहरुको संयुक्त बैठक बसेको छ ।

बैठकमा अब कर्णाली प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गर्दै गाउँमा कोरोना प्रतिकार्य योजना तीव्र बनाउने भएको छ ।

संक्रमित देशबाट आएका युवाहरु गाँउ,गाँउमा रहेको हुनाले अबको ध्यान गाँउस्तरमा रहने सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बैठकमा बताईन ।

बाहिरबाट गाउँमा पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण गरिनुका साथै सचेतना कार्य सञ्चालन गरिने र मन्त्रिपरिषद् बैठक बसेर प्रतिकार्यका थप निर्णय गर्न लागिएको केसीले बताईन ।

मंगलबार र बुधबार गरेर १ सय २ जनालाई होटल र एक संस्थाको होस्टेलमा क्वारेन्टाइनमा राखिएको पनि केसीले जानकारी गराईन ।

प्रदेश अस्पतालसहित प्रदेशका अन्य अस्पतालको लागि आवश्यक पर्ने सामग्री ल्याउनको लागि प्रक्रिया थालिसकिएको पनि केसीले भनाई राखिन ।