दैनिक ज्याला मजदुरी गर्नेलाई राहत प्याकेजको घोषणा गरियोस देउवा ,

चैत १३ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।

ज्याला मजदुरी गर्नेलाई राहत प्याकेजको घोषणा गरियोस देउवाले सामाजिक संजालमार्फत यस्तो आग्रह गरेका हुन् ।

देउवाले टि्वटरमा लेखेका छन् ,कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।

lekbesi

तेस्तै विश्वमानै महामारीको रुपमा संकट उत्पन्न गराउने कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउन उतम विकल्प रहेको देउवाले बताए ।