ज्याला मजदुरी गर्नेहरु कोरोनाको नाममा भोकै मर्न नपरोस सुशिला कार्की ,

चैत १३ ,काठमान्डौ – लकडाउनमा ज्याला मजदुरी गर्ने श्रमिकहरूहरु रोगको नाममा भोकै मर्ननपरोस भन्दै उनीहरुका लागि विशेष प्याकेज ल्याउन प्रवुद्ध व्यक्तिहरुले सरकारसँग माग गरेका छन् ।

पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, दुर्गा सुवेदी लगायतले विहीबार संयुक्त विज्ञप्ति निकालेर न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका हुन् ।

विज्ञप्ति जारी गर्नेहरुको सूचीमा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रक नाम पनि छ।
दैनिक मजदुरी गरि परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

lekbesi

हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ, जुन जरूरी छ।

तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ, उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नु पर्छ।

त्यस्तो प्याकेजमा निशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सकिन्छ।

राहतको अनुरोधकर्ताहरुले कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य रहेको पनि बताएका छन् ।