कोरोना संक्रमण यस्तैले बढाउछन् मुख्य सडक सुनसान गल्लिभने कोचा कोच ,

चैत १३ ,काठमान्डौ – सरकारले ( कोभिड १९ ) कोरोना संक्रमणबाट बच्न भन्दै देशैभर लकडाउन गरेको आज तेस्रो दिन भयो ।

अत्यावस्यक काम भन्दा बाहिर निक्लन नहुने सरकारको निर्णय भने उपत्यकामा भने जस्तो पालना हुनसकेको छैन ।

lekbesi

पहिलो र दोश्रो दिन भन्दा आज भने मानिसको भिड भाड गल्लि गल्लिमा बढेको देखिन्छ । मानिसहरु काम भन्दा पनि धेरै अनावस्यक हिडेको र कन्धमाल गरि चलेको देखिन्छ ।

दैनिक यस्तै हो भने पक्कापनि कोभिड १९ का संक्रमण नबढ्ला भन्न सकिन्न । खाद्यान्न ,ग्याँस ,तरकारी ,फलफुलको लागि भन्दै सडकमा हिडेपनि अनास्वस्यक मानिसपनि धेरै देखिने गरेका छन् ।

आज हाम्रो रंग दर्पणको टिमले काठमान्डौको मुख्य नाकामा रहेका चोक बालाजु,नँया बजार ,सोह्र खुट्टे,महिपि ,नँयाबसपार्क ,गोंगबुमा भिजिट गर्दा कतिपय भने माक्स बिनानै हिडेको देखियो ।

तेस्तै ति माथिका सबै मुख्य चोक भने सुनसान छन् । भित्र भित्र गल्लीमा भने मानिस कोचा कोच गरेरै हिडेको पनि देखियो ।

सबै भन्दा बढी सरकारी धारामा रहेको जनकपुरिया माछा पसलमा मानिसको भिड भाड बढेको देखिन्थ्यो ।

 

हाम्रो अनुरोधमा पसलका साहुजीले भिड कम गरिदिन आग्रह गरे । तैपनि आजको दिन बन्द र कहिँ कतै मासु ,माछा पसल नखुलेर होला ।

माछा लिने मानिसको भिड भाड बढेको छ । दैनिक साँझ २ घण्टा मात्र आफुले पसल खोल्ने गरेको पसलका साहुजीले हामीलाई बताए ।

सरकारले भने आज देखि कालिमाटी फलफुल पसल दैनिक ७ घण्टा खोल्न आग्रह गरेको छ तैपनि पसल खुलेको छैन ।

 

किन कि तरकारी ल्याउने गाडीनै बन्द भएपछि पसल खोलेर के गर्ने भनें मुख्य प्रश्न भएको एक व्यपारीले बताए ।

सरकारले अत्यावस्यक काम भन्दा बाहिर नानिक्लाना आग्रह गरेपनि अहिलेको बेला भनेको आफैले बुझ्ने बेला आएको छ ।