Simta
Simta
lekbesi

कोरोना भईरस बाट बच्न काठमान्डौमा डिसइन्फेक्सन स्प्रे छरियो ,

Gurvakot

चैत १३ ,काठमान्डौ – काठमान्डौ महानगरपालिकाले नगर क्षेत्रका हरेक स्थानमा भाईरस मार्न डिसइन्फेक्सन स्प्रे छर्न थालेको छ ।

कोभिड १९ को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए ।

महानगरपालिका क्षेत्रभित्र बढी भिड हुने वीरअस्पताल, भित्री सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको छ ।

lekbesi

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा एसैगरि यसैगरि औषधि छर्किने महानगरपालिकाले बताएको हो । विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना संक्रमण नेपालमा फैलिन नदिन सरकारले आफ्नो कदम अगाडी बढाएको छ ।

साथै सरकारले अहिले संक्रमणबाट बच्न देश लकडाउन गरेको छ ।११ गते देखि १८ गते सम्म लकडाउन गरिने र समय सापेक्ष लम्बिन सक्नेपनि बताईएको छ ।

Simta