ईराकमा दुई नेपालि पक्राउ यस्तो छ कारण ,

चैत १३ ,काठमान्डौ – ईराकमा दुईजना नेपालि पक्राउ परेका छन । ईराकको स्वाशासित राज्य कुर्दिस्तानको राजधानी अर्बिलबाट बुधबार उनीहरु पक्राउ परेका हुन् ।

मानव तस्करको गिरोहले सामान बोक्ने भ्यानको पछाडि राखेर अर्बिल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट उनीहरुलाई पक्रेको हो ।

उनीहरुलाई लैजाने ड्राइभरले यसअघि नै गैरकानुनी काम गरेको आरोपमा सजाय पाएका थिए । ती युवालाई कताबाट ल्याइएको हो भन्ने खुलिसकेको छैन ।

lekbesi

ट्राफिक प्रहरीले उनीहरुलाई कोभिड–१९ परीक्षणका लागि पठाइएको विज्ञप्ति मार्फत बताएको छ ।