कर्णाली प्रदेश सरकार जनताप्रति जिम्मेवार र उत्तरदायी ढंगले अगाडी बढेको छ शर्मा ,

चैत १४ ,काठमान्डौ – ( कोभिड १९ ) को संक्रमणबाट बच्न र बचाउन कर्णाली प्रदेश सरकार जनताप्रति जिम्मेवार र उत्तरदायी ढंगले अगाडी बढेको कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका सल्हाकार भिम प्रकाश शर्माले बताएका छन् ।

विश्वको जस्तै नेपालमा संकट हुननदिन भाईरस प्रतिकार र रोकथामका लागि कर्णाली सरकारले थप महत्वपुर्ण निर्णय अगाडी बढाएको पनि शर्माले बताए ।

सरकारले अस्पताल देखि क्वारेईनटाईनमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीको लागि थप प्रोत्साहन भत्ताको व्यवस्थापन गरेको पनि उनले बताए ।

lekbesi

प्रदेशमा रहेका विभिनन जिल्लाका अस्पतालमा स्वास्थ्य सामाग्री पठाउने क्रम जारि रहेको पनि शर्माले बताएका हुन् ।

कोरोना भाईरस संक्रमणबाट आईपर्ने सरकारले सुरु गरेको विपद कोषमा आफ्नो एक महिनाको तलब सहयोग स्वरुप जम्मा गर्ने निर्णय गरेको पनि सल्हाकार भिम प्रकाश शर्माले रंग दर्पणलाई जानकारी गरेका हुन् ।

सरकारले गरेको लकडाउनले अहिले दैनिक मजदुरी गरि साँझा बिहान परिवारको पेट पालना मुस्किल रहेका मजदुरहरु मर्कामा परेका छन् ।

कोरोना संक्रमणबाट भईपरी आउने संकट र उनीहरुको उपचार खर्चको लागि सरकारले विपद कोष खडा गरेको छ । फलस्वरूप मेरो यो सानो सहयोगले ठुलो काम गर्नसक्छ शर्माले भने ।

कर्णाली प्रदेश मन्त्री परिषदको बिहिबार बसेको बैठकमा मुख्यमन्त्री सहित सबै मन्त्रीहरुले आफ्नो एक महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने घोषणा गरेको पनि उनले बताए।

तेस्तै अब कर्णाली प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गर्दै गाउँमा कोरोना प्रतिकार्य योजना तीव्र बनाउने भएको छ ।

संक्रमित देशबाट आएका युवाहरु गाँउ,गाँउमा रहेको हुनाले अबको ध्यान गाँउस्तरमा रहने सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले हिजोको बैठकमा बताएकि हुन् ।