Simta
Simta
lekbesi

कोरोनाबाट बच्न सबै सबै प्रबन्ध मिलाईएको छ मन्त्री मानन्धर,

Gurvakot

चैत १४ ,काठमान्डौ – कोरोनाबाट बच्न सबै सबै प्रबन्ध मिलाईएको हुनाले कोहि पनि नआत्तिन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताएका छन् ।

नागरिकको जीवन रक्षाका लागि सरकारले पूर्ण रुपमा अथप प्रयास गरेकु हुनाले नआत्तिएर घरमा बस्न पनि आग्रह गरेका छन् ।

सामान्य हेलचक्राईंले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपाय रहेको हुनाले लकडाउनलाई पूर्ण रुपने पालना गर्नपनि मानन्धरले आग्रह गरेका छन् ।

lekbesi

कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयार गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाईने मानन्धरले बताए ।

मानन्धरले आआफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तिब्र पार्न देशभरका नगरपालिकाहरुलाई आग्रह समेत गरेका छन् ।

ठुला नदीका किनारका फराकिला स्थान र बजारहरुका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मानन्धरको तर्क छ ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई राज्मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् ।

बेद,पुराण, रामायण, महाभारत लगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।

उनले त्रिपिटक, कुरान, बाइबल लगायत विभिन्न धर्मका ग्रन्थहरुको समेत अध्ययन गर्न सुझाव दिएका छन् ।

मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारीक ज्ञान दिलाउने अवसरका रुपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।

Simta