नगरपालिकामा मजदुरलाई खाद्यान्न वितरण गरिदै ,

चैत १४ ,डडेल्धुरा – दैनिक काम गरि खाने मजदुरलाई नगरपालिकाले चामल वितरण गरेको छ ।

डडेल्धुरा अमरगढी नगरपालिका ३ का वडाअध्यक्षले वडामा रहेका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्न सुरु गरेका हुन् ।

सरकारले गरेको लकडाउनक कारण दैनिक मजदुरी गरिखाने मजदुरलाई छाक तार्न गाह्रो भएपछि वडा नं ३ का मजदुरहरुलाई चामल वितरण गरिएको अमरगढी नगरपालिका ३ का वडाअध्यक्ष गोविन्दराज बोहराले बताए।

lekbesi

वडामा दैनिक मजदुरी गरि साँझ छाक टार्ने मजदुर धेरै छन् ।लकडाउनका कारण उनीहरु काम गर्न नपाई घरमा बसेका छन् अध्यक्ष गोविन्द राज बोहराले वडामा रहेका पाँचदेखि सात परिवारका मानिसलाई खाद्यान्न वितरण गरेको बताए।

लकडाउन अवधिभरका लागि मजदुरलाई चामल ,दाल ,तेल ,नुन ,वितरण गरिएको बोहराले बताए ।

पहिलो दिन एक परिवारलाई २५ किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन दिइएको वडा कार्यालयले जनाएको छ ।

वडामा एक दर्जनजति मजदुर रहेको भनिएपनि एकिन तथ्याङ्क आएपछि थाहा हुने वडा कार्यालयले जनाएको छ। त्यस्तै अजयमेरु गाउँपालिकाले पनि मजदुरी गर्ने र विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने जनाएको छ।

वडामा खाद्यान्नको समस्या भएपछि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी लैजान सर्वसधारणलाई सूचित गरिएको गाउँपालिका अधक्ष उमेशप्रसाद भट्ट विकासले बताए ।

कोरोना भाइरस आशंकामा बिरामीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उनीहरुलाई खानको समेत बन्दोबस्त गरिएको अजयमेरु १ का वार्ड अध्यक्ष दत्तिसिहं भण्डारीले बताए ।

अजयमेरु गाउँपालिकामा १५५ जना भारतबाट भित्रिएका छन् । ती सबै होम क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

डडेल्धुरामा करिब पाँच हजार जना भारतबाट फर्किएका छन् । परशुराम नगरपालिकाले त्रिवेणी बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टन्टाइनमा बाहेक अन्य स्थानमा मानिस बस्न नमानेको नगरपालिकाले बताएको छ।