कतार एयरलाइन्सको विमानबाट युरोपियन नागरिक लागे आफ्नै मुलुकतिर ,
चैत १४ ,काठमान्डौ – नेपलामा अलपत्र परेका युरोपियन नागरिकलाई आफ्नै मुलुक पठाईएको छ ।
लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो ।
शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ ।
जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् ।
दुई दुतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । युरोपियन नागरिकलाई लियर विमान दोहा पुग्ने छ ।