बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोनाको संक्रमण देखियो ,

चैत १४ ,लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण ( कोभिड १९ ) को पुस्टि भएको छ ।

पछिल्लो समय २४ घण्टामा आफुलाई ज्वरो आउनु ,खोकी लाग्ने जस्ता देखिएपछि चिकित्सकको सल्हाअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको जोनसनले ट्वीटरमार्फत यसबारे जानकारी दिएका छन् ।

उनि अहिले घरमै सेल्फ,आइसोलेसनमा रहेको र घरबाटै आवश्यक सरकारी काम म्यासेज टेलिफोनमार्फत गरिरहेको समाचारले लेखेका छन् ।

lekbesi

विश्वमा महामारीको रुपमा फैलीएको कोरोना संक्रमण बेलायतमा हाल सम्म ११ हजार ६५८ जनामा कोरोनाको पुष्टि भइसकेको छ ।

तेस्तै बेलायतमा कोरोना संक्रमणको ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ साथै १३५ जना निको भएर घर फर्कीएको पनि समाचारमा उल्लेख छ ।