धनगढीमा एक जनालाई भेटियो कोरोना संक्रमण ,

चैत १४ ,काठमान्डौ – धनगढीमा थप एक जनामा कोरोना संक्रमित फेला परेको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।

उनलाई प्रादेशिक अस्पताल धनगढीमा उपचाररत भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

३४ वर्षीय संक्रमति पुरुष दुबईबाट नेपाल आएका थिए । चैत ११ गते अस्पताल भर्ना भएका उनको अवस्था अहिले सामान्य रहेको छ ।

lekbesi

यो भन्दा अगाडी नेपालमा ३ जनामा संक्रमण फेला परेको थियो । अन्य व्याक्तिमा पनि संक्रमण हुनसक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेईनटाईनमा बस्न आग्रह गरिएको छ ।