प्रधानमन्त्री ओली वालुवाटार फर्कीए ,

चैत १४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आकस्मिक उपचार पछि निवास वालुवाटार फर्कीएका छन् ।

मुटुको चाल बढेपछि प्रधानमन्त्री ओलीलाई बिहिबार राति ११ :३० बजे अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको करिब २० घण्टा बसाईपछि स्वास्थ्यलाभ हासिल गरि ओली वालुवाटार फर्कीएको ओलीका प्रेस सल्हाकार सुर्य थापाले जानकारी दिए ।

lekbesi

प्रधानमन्त्रीको २४ दिनाघी त्रिवि शिक्षन अस्पतालमा दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरू, नर्सहरू र सबैमा सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।