सल्यानको जनकल्याण क्याम्पस क्वारेनटाईन बनाउन सकिने ,

चैत १५ ,काठमान्डौ – सल्यान २ बागचौर नगरपालिका थारमारेमा रहेको जनकल्याण क्याम्पस क्वारेईनटाईनको लागि प्रयोगमा ल्याउन सकिने भएको छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिरहेको (कोभिड १९ ) कोरोना संक्रमणलाई मध्यनजर गर्दै भवनलाई कोरोना संक्रमितको उपचारको लागि क्वारेईनटाईनको रुपमा ल्याउन सकिने जनकल्याण क्याम्पसका अध्यक्ष कर्णाली प्रदेश सरकार राजनीति सल्हाकार भिम प्रकाश शर्माले जानकारी गरेका हुन् ।

संघिय सरकार ,प्रदेश सरकार ,स्थानि सरकार वा कुनै संघ संथाले क्वारेईनटाईनको लागि भवन माग गरेमा उपलब्ध गराउन सकिने शर्माले बताए ।

lekbesi

कोभिड १९ को संक्रमणले सरकारले गरेको लकडाउनको आज पाँचौ दिन भएको छ । ११ गते देखि १८ गते सम्मको लकडाउन भईपरी आए समय बढाउन सकिने पनि सरकारले बताएको छ ।

कोरोना संक्रमणको लागि संघिय ,प्रदेश सरकारले विपद कोष खडागरि आ आफ्नो क्षेत्रबात सक्दो सहयोग रकम जम्मा पनि गरिरहेको छ ।

तेस्तै कोरोना संक्रमणको लागि आफ्नो ध्यान अब गाँउ,टोलमा रहेको पनि अध्यक्ष भिम प्रकाश शर्माले बताए ।

संक्रमित मुलुक आएका स्थानिय नागरिकहरु गाँउमा रहेको हुनाले उनीहरुलाई सोध गर्दै गरेर क्वारेनटाइनमा राख्ने काम भईरहेको पनि भिम प्रकाश शर्माले जानकारी दिए ।