लकडाउनको मौका छोपी सुस्तामा खुकुरी देखाएर धम्काउने दुई जना प्रहरी नियन्त्रणमा ,

चैत १५ ,नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं-४ नर्सहिमा दुई जना हातहतियार सहित प्रहरीले पक्राउ गरेका छन ।

शुक्रवार राती नर्सही स्थित ठोकर संख्या नं.१२ नजिकबाट सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४७ बर्षिय आस बहादुर गुरुङ्ग र सोही ठाँउ बस्ने करिब ४६ बर्षिय नरेश गुरुङ्ग पक्राउ परेका छन् ।

कुडियाबाट रामनगर तर्फ जाँदै गरेको लु १ त ५८३० नम्बरको ईन्धन बोकेको पिकअपलाई सोही ठोकर नजिकै मध्यराती करिब १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुरले डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर धम्काएको अशोक ठाकुरले बताए । आफुहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले प्रहरीलाई खबर गरेको उनलेे बताए ।

lekbesi

चालकलाई खुकुरी देखाई धम्काएपछि स्थानिय नर्सही प्रहरीलाई खबर गरेका थिए। केही समय पछि ईलाका प्रहरी कार्यालयको टोली घटना स्थलमा खोज तलास गरि घटनामा संम्लग्न ब्यक्तीहरुलाई खुकुरी सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयो।

पक्राउ परेका दुबै गुरुङ्गलाई ईलाका प्रहरी कार्यालयले नियत्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अंगद यादव/ नवलपरासी पश्चिम,