मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त रिहा ,

चैत १५ ,काठमान्डौ – वीरगन्जकी किशोरी मुस्का मुस्कान खातुनलाई एसिड प्रहार गर्ने अभियुक्त रिहा भएका छन् ।

वीरगन्ज बालसुधार गृहमा रहेका अभियुक्त वीरगन्ज २ छपकैयाका सम्साद मिया रिहा भएका हुन् ।

पर्सा जिल्ला अद्लातले उनलाई बैशाख १४ गते फेरि उपस्थित हुने गरी सम्साद शुक्रबार बालसुधार गृहबाट रिहा भएका हुन् ।

lekbesi

सर्वोच्च आदलतमा चैत ७ गते बसेको न्यायधिशको बैठकले बाल सुधारगृहमा रहेका बालबालिकालाई कोरोना संक्रमणको बेला उनीहरूको कैद सजाय स्थगन गरी अभिभावकको जिम्मा लगाउन सकिने निर्णय गरेको थियो ।

सर्वोच्चको निर्णयमा कोरोना भाइरसको संक्रमणका बेला बाल सुधारगृहमा रहेका बालबालिकालाई खोजेको समयमा उपस्थित गराउन मिल्ने गरी अभिभावको जिम्मा लगाएर पठाउन सकिने उल्लेख छ ।

उक्त निर्णय बमोजिम सम्सादकि आमाले संकरमको बेला आफ्नो नाबालक छोरोलाई आफ्नो जिम्मामा दिन माग गर्दै गत बुधबार अदालतमा निवेदन दिएकि थिइन् ।

खातुनलाई एसिड २ जनाले छ्यापेका थिए । ति मध्ये मजिद आलमपनि हुन् ,उनको भने उमेर १८ वर्ष पुगेको भन्दै उनका अभिभावकले दिएको निवेदन अदालतले खारेज गरेको आदेश शुक्रबार भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

वीरगन्ज ३ छपकैयाबाट वीरगन्ज ६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा गत भदौ २० गते बिहान वीरगन्जको विर्ता स्थित गणेशमान चोकमा मुस्कान खातुनमाथि सम्साद र मजिदले एसिड प्रहार गरेका थिए ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानको अहिले पनि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइहेको छ ।

मुस्कानका बुबा रसुल अन्सारीले भने छोरीमाथि एसिड छयाप्ने अभियुक्तलाई कोरोना संक्रमणको बहानामा रिहा गर्ने काम गलत भएको बताए ।

कोरोना महामारीको त्रास वीरगन्ज र नेपालमा मात्र नभइ विश्वभर नै रहेको छ यस्तो बहानामा अदालतले अपराधीलाई छोडेर पिडितमा अन्या गरेको खातुनका बुबाले बताए ।

घटना लगतै पक्राउ परेका दुवैलाई त्यसबेला प्रहरीबाट पेश भएको मिसिलमा उमेर १८ वर्ष पुगेको प्रमाण नभएपछि कारागारमा नभइ बालसुधार गृहमा राख्न अदालतले आदेश दिएअनुसार दुवैलाई बालसुधार गृहमा राखिएको थियो ।