पहिलोपटक बिरालोमा देखियो कोभिड १९ को संक्रमण,

चैत १६ ,काठमान्डौ – बिरालोमा पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।

बेल्जियममा घर मालिकलाई कोरोना संक्रमण फेलापरे पछि घरमा रहेको बिरालोलाई पनि कोरोना संक्रमण फेला परेको तेहाका समाचार माध्यामहरुले लेखेका छन् ।

बेल्जियमको लिज भन्ने ठाउँमा आफ्नो मालिकमा कोभिड,१९ बाट संक्रमित भएको एक हप्तापछि बिरालोमा पनि यसको लक्षणहरु देखिएको ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरुले जानकारी गरेका हुन् ।

lekbesi

हङकङमा यो भन्दा पहिले पहिलो कोरोना संक्रमण भएको कुकुरको पनि मृतु भईसकेको छ । बिरालोमा भने कोरोना संक्रमणको यो पहिलो घटना हो।

बिरालोमा झाडापखाला ,वान्ता र श्वास प्रश्वासको समस्या देखिएपछि अध्यनकर्ताले बिरालोको दिसामा कोभिड १९ को भाईरस फेला परेको प्राध्यापक स्टेभन भान गाउचले बताएका थिए।

विश्व स्वास्थ्य संगठनले भने कुकुर र बिरालो जस्ता घर पालुवा जनावरले मानिसमा कोभिड १९ को भाईरस सारेको हाल सम्म प्रमाण नभएको स्पस्ट पारेको छ ।

मानिसलाई संक्रमण गरेको भन्दा पनि मानिसले बिरालोलाई संक्रमति गरेको बताउदै भान गाउचले पनि बिरालोले भन्दा पनि मानिसबाट बिरालोमा संक्रमण सरेको संचारमाध्याममा कुरा गर्दै बताए ।

सतही उनले अहिले सम्मकै यो फरक घटना रहेको पनि बताए । बेल्जियममा आहाल सम्म कोरोना संक्रमणबाट ३ सय ५० जनाले ज्यान गुमाईसकेका छन् भने ९ हजार बढी संक्रमित रहेको तेहाका समाचार माध्यामले बताएका छन् ।