घरमा बसेर सामान्य यी क्रियाकलाप गर्नाले कोरोना संक्रमण नस्ट हुन्छ डा.रवीन्द्र पाण्डे,

चैत १६ ,काठमान्डौ – विश्वामानै महामारीको रुपमा फैलीएको (कोभिड १९ ) कोरोना संक्रमणले नेपालमा पनि छोएको छ ।

हाल सम्म नेपालमा पाँच जनामा कोरोना संक्रमण फेला परिसकेको छ । विश्वमा जस्तै नेपालमा संकट नआओस भनेर नेपाल सरकारले लकडाउन गरेको छ ।

यो अवस्थामा नागरिकले सरकारको आदेश र सुचना पालना गरे घरबाटनै कोरोनालाई जित्न सकिने डाकटर बताउछन ।

lekbesi

अत्यावस्यक काम नपरी बाहिरभित्र नगरी घर भित्रबाट सेल्फ क्वारेईनटाईनबाट पनि कोरोना संक्रमणलाई जित्नसकिने जनस्वास्थ्य विज्ञ डा. रविद्र पाण्डे बताउछन ।

घरमा बसेर प्राकृतिक आहार प्रयोग गर्ने ब्याम ,योग ध्यान ,भिटामिन जस्ता खानेकुराहरुले हाम्रो शरीरको इम्युनिटी पावर बढाएर कोभिड १९ संग फ़ाईट गर्नसकिने पाण्डेले बताए ।

थोरै र अधिकारिक समाचार पढ्ने ,मनमा चिन्ता नलिने ,घरमा आउने पाहुना ,संकृतिलाई स्थगित गरि मन रमाईलो गराउन सके कोरोनाकोहि महिना पछि सामान्य रुघा खोकी जस्तै हुने उनि बताउछन ।

कोरोना संक्रमण तिब्र रुपले फैलीएपनि यसको मृतुदर कम रहेको छ । समाचारमा कोरोनाबाट मर्नेको संख्या भन्दा बढी ठिक हुनेको संख्यापनि धेरै रहेको हुनाले मृतुको फ्याक्टरलाई मात्र नहेर्न उनले बताए ।

नेपालिहरु दुख:मा पनि हासन सकेका हुन्छन ,जँहा भएपनि दौडिने ,उकालो चड्ने,रुख चड्ने ,दिन भर हिड्ने जस्ता क्रियाकलापने संसारमा रहेका जुनसुकै नेपालीमा अन्य देशका नागरिक भन्दा बढी इम्युनिटी पावर हुनाले कोरोनाले झ्याप्प आक्रमण गर्नसक्ने डा पाण्डेले बताए ।

घरेलु उपचार अदुवा ,कागती पानि ज्वानोको भरमा इन्फ्लुएन्जालाई हराउन सकिन्छ भने कोरोना त थाहा नपाईपनि सन्चो हुन सक्ने उनि बताउछन ।

कोरोना संक्रमण अहिले शिखरमा पुगेपनि ओर्लिनपर्छ त्यो प्राक्र्तिक नियम हो । अब करिब १ महिना भित्रमा कोरोना संक्रमण नियन्त्रणमा आउने र जसको लागि विभिन देशमा विज्ञहरु लागिपरेको पनि उनले बताए ।

सिजनको बेला सुरु हुने बेला जाडो र गर्मि जस्तै कोरोन संक्रमणपनि देखिएको र अब गर्मिले नियन्त्रणमा आउने छ उनले भने ।

कोरोना नियन्त्रण गर्न मुख्यकुरा हामिनै सचेत हुने र ख्याल गर्ने शरीरको ईम्युनिटि पावर बढाउनसके कोरोन संग लड्ने Antibody तयार हुने र यो महामारी परास्त हुने पनि पाण्डेले बताए ।

आत्मबलनै ठुलो हो जसले क्यान्सर जस्ता भयानक ठुला रोग सन्चो पार्छ भने कोरोना भेल मात्र हो उर्लेर आउछ सुकेर जनचा आफुलाई रक्षा गर्ने ठुलो अस्त्र निर्माण गर्न उनले बताए ।