Simta
Simta
lekbesi

लकडाउन लब्याउने तयारी मन्त्रिपरिषद बैठक बस्दै ,

Gurvakot

चैत १६ ,काठमान्डौ – ११ गते बाट १८ गते सम्म कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन कम्तिमा एक साता लब्याउने सरकारले तयारि गरेको छ ।

नेपालमा दोश्रो व्याक्तिमा कोरोना संक्रमण देखिएलगतै सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

अहिले नेपालमा ५ जनामा अकोरोन संक्रमण फेला परिसकेको छ । भोलि चीन ,स्पेन ,ईटाली जस्तो भयाबह नाओस भनेर आजै देखिने सावधान हुनुपर्ने र लकडाउनको समय बढाउन तयारि भईरहेको छ ।

lekbesi

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

लकडाउन लम्बिदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

दैनिक उपभोग्य सामान खरिदकोलागि होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना भईरहेको छ ।

दिनभर घरमा बसेपनि साँझ पख मानिसहरु तरकारी किन्ने भन्दै ठुलो संख्यामा बाहिर निस्किन र जमघट हुन थालेका छन् ।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।

अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

Simta