फेसबुकले गर्यो ८ करोड ७० लाख डाटाचोरी गर्नेको अकाउन्ट रिजेक्ट ,,

२२ चैत, काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ ।बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ ।डाटा चोरी भएको खुलासा भएपछि फेसबुकको केही समयदेखि आलोचना हुँदै आएको छ । केही वर्षदेखि क्याम्बि्रज एनालिटिकाले करोडौं ब्यक्तिको जानकारी जम्मा गरेको थियो । लण्डनमा रहेको कम्पनिले ति जानकारी डिलिट गरेको जनाएको छ ।

च्यानल फोरका अनुसार केही जानकारी अहिले पनि खोज्नेक्रम जारी छ । जबकि क्याम्ब्रिज एनालिटिकाले आफूसँग भएको जानकारी नष्ट गरेको जनाएको छ ।क्याम्बि्रज एनालिटिकाको स्क्याण्डल सार्वजनिक हुने बित्तिकै फेसबुकको संस्थापक मार्क जुगरबर्गले कम्पनिवाट गल्ति भएको स्वीकारेका थिए ।उनले यसको ब्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । उनले भनेका थिए, ‘तेस्रो पार्टी एप्सको बारेमा जानकारी लिन अब सजिलो हुने छैन ।जुकरबर्गका अनुसार एप्स बनाउने अलेग्जेण्डर कोगन, क्याम्बि्रज एनालिटिका र फेसबुकको विचमा भएको विश्वासघात सार्वजनिक भएको थियो ।