Simta
Simta
lekbesi

कोरोना संकर्मित बागलुङकि युवतीको उपचार धौलागिरि अस्पतालमा ,

Gurvakot

चैत १६ ,काठमान्डौ – कोरोना संकर्मित बागलुङकि युवतीको उपचार धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ ।

बेल्जियमबाट कतार हुँदै ४ चैतमा नेपाल आ एकि १९ वर्षीय बागलुङ नगरपालिका ४, कुँडुलेकी युवतीमा शनिबार कोरोना पुस्टि भएको हो उनको स्वास्थ्य अवस्था अहिले आमान्य छ ।

धौलागिरि अस्पतालमाने उपचार गर्नसकिने भएको हुनाले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

lekbesi

धौलागिरि अस्पतालमै पर्याप्त चिकित्सक भएको हुनाले उपचार तेही गर्नसकिने उनले बताए ।

संक्रमितको उपचार र उनको सम्पर्कमा आउनेलाई पनि सुरक्षा र साबधानी उपनाउन शनिबारै प्रदेश सरकारले गठन गरेको डा. आर्या पौडेलको संयोजकत्वमा रहेको र्‍यापिट रेस्पोन्ट टिमको बैठक बसेको थियो ।

संक्रमितको अवस्था बुझेर थप उपचारका लागि पोखरा वा काठमाडौं कहाँ लैजानुपर्ने हो तय गर्ने, एम्बुलेन्स लगायतका सामाग्री तयारी गर्ने बैठकको निर्णय थियो ।

संक्रमित बिरामीको अवस्था जटिल नदेखीएपछि बागलुङ्गमै उपचार गर्नसकिने बैठकको निर्णय पछि पिपिई, भेन्टिलेटर लगायतका सामाग्री बागलुङ पथाउन लागिएको हो।

‘गृह र स्वास्थ्य मन्त्रालयले पनि बागलुङमै उपचार गर्न अनुमति दिइसकेको छ,’ डा। निर्देशक शर्माले बताएका हुन् ।

तेस्तै १९ वर्षीय संकर्मित युवती संग बागलुङका थप दुई जना पनि आएका थिए ।बागलुङ नगरपालिका वडा नम्बर ३ की ६५ वर्षीय महिला र ढोरपाटनका युवक पनि किशोरीसँगै बेल्जियमदेखि बागलुङ आएका हुन।

होम क्यारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रोट स्वाब आज संकलन गर्न लागिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए ।

 

Simta