Simta
Simta
lekbesi

लकडाउनमा ज्यालादारीबाट छाक टार्ने श्रमिकलाई राहतको व्यवस्था गरौ सरकार सरस्वती सिंह,

Gurvakot

चैत १६ ,काठमान्डौ – सरकारले गरेको लामो समयसम्मको लकडाउनमा ज्यालादारीबाट छाक टार्ने श्रमिकको एकिन गरि राहतको व्वस्था गर्न सरस्वती सिंहले अपिल गरेकी छिन ।

,विश्वमा महामारीको रुपमा फैलिरहेको बोभिड १९ नेपालमा पनि पहिचान भैसकेको र विश्व स्वास्थ्य संगठनलेनै नेपाललाई उच्च जोखिममा राखिसकेको छ ।

उक्त महामारी संक्रमणलाई उपचार र नियन्त्रण गर्न सरकारले गरेको लकडाउन अझै लम्बिने देखिएको छ ।

lekbesi

यस्तो बेलामा दैनिक ज्याला मजदुरी गरि साँझपाख आफ्नो परिवारको छाक टार्ने श्रमिकको पहिचान र नामकित गरि उनीहरुलाई विशेष राहात प्याकेजको घोषणा गर्न कर्णाली प्रदेश सरकारसंग सिंहले जानकारी गरेकी हुन् ।

सरकारले गरेको लकडाउनको सबैले पालना गर्नुपर्छ तर सामान्य ध्यान नदिदा धेरै मजदुर मर्कामा परेका छन् ।

जनता रोगले मात्र हैन भोकले पनि मर्छन लामो समयको लकडाउनमा समाजिक संघसंथा एवम परोपकारी व्याक्तिहरुबाट समन्वगरि खाद्य परिपूर्ति गरि श्रमिकको दैनिकीतिर कर्णाली सरकारको ध्यान जाओस उनले भनिन ।

तेस्तै कोभिड १९ संक्रमित मुलुकबाट नेपालिहरु प्रदेशमा आएको हुनाले उनीहरुको नामकित डाटा संकलन गरि चेक जाँच गर्नपनि उनले सरकार संग जोडदार माग गरेकी हुन् ।

हाम्रो नजिकको रोजगारस्थल भनेको भारत हो भारत लगायत अन्य मुलुकबाट आएका हरुलाई नै अहिले सम्म बोभिड १९ को संक्रमण फेला परेको हुनाले तेस्ता व्याक्तिहरु अहिले पनि खुल्ला रुपले गाँउ घरमा घुमिरहेका छन् कर्णाली सरकारको ध्यान गाँउतिरै केन्द्रित हुनुपर्ने उनले बताईन ।

तेस्तै जटिल मात्र नहेरी सामान्य रुघा खोकी बिरामीहरुलाई पनि होम सेल्फ क्वारेईनटाईन देखि १४ दिन सम्म क्वारेईनटाईनमा राख्नुपर्ने पनि उनले जानकारी गरिन ।

संक्रमण नलाग्दा सामान्य हुने तर लागिसके पछि भयावह हुने भन्दै बिदेशी मुलुकजस्तो श्रीजना हुननदिन सरकारले पूर्ण सतर्कता अपनाउनुपर्ने उनले बताईन ।

कोभिड १९ बाट संक्रमितहरुलाई कर्णाली प्रदेशले गरेका निर्णय जायज भएको र सरकारले लकडाउनको समय थप गरेको हुनाले कर्णाली प्रदेश सरकारले थप निर्णय ल्याउनुपर्ने सिंहले माग गरिन ।

तेस्तै यस्तो संक्रमणको बेलामा सडकमा खटिने सुरक्षाकर्मि र स्वास्थ्यकर्मीको मनोबल बढाउन सबैले घरमा सेल्फ क्वारेईन टाईनमा बसी सरकार र आफु आफ्नो परिवारलाई सहयोग गर्नुपर्ने दिन आएको पनि उनले बताईन ।

Simta