लकडाउन २५ गते सम्म लम्बियो ,

चैत १६ ,काठमान्डौ – १८ गते सम्मको लकडाउन थप २५ गते सम्म लागु गरिने सरकारले बताएको छ ।

आईतबार बसेको मन्त्रिपरिषद बैठकले टप ८ दिन लकडाउन थपेको हो ।कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

यस अघि सरकारले गत चैत ११ गते ६ बजे देखि १८ गते ६ बजे सम्म लागु हुनेगरी लकडाउन गरेको थियो ।

lekbesi

कोरोना संक्रमणबाट बच्न मुख्य रोकथाम भनेको नागरिकलाई घरमा बसाल्नुनै रहेको हुनाले थप लकडाउनको समय थपेको मन्त्रिपरिषद बैठकले जनाएको छ ।