सुर्खेतमा कोरोना रोकथामको लागि डिस्ईन्फेक्ट छर्किन सुरु ,

चैत १६ ,काठमान्डौ – (कोभिड १९ ) कोरोना संक्रमण रोकथाम तथा उच्च सतर्कताको लागि वीरेन्द्रनगर नगरपालिका सुर्खेतले डिस्ईन्फेक्ट विषादी छर्ने कार्य सुरु गरेको छ ।

नगरपालिकाले आज पहिलोदिन ६ ,३ ,र ८ नम्बर वडामा दमकलबाट डिस्ईन्फेक्ट छर्ने काम गरेको हो । भोलिदेखि दमकल सहित थप एक ट्याङ्करबाट क्रमस सबै वडाहरुमा विषादी छर्कने कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले बताए ।

तेस्तै थप रसायनको लागि औसधि लिन गाडी पठाईसकेको पनि उनले बताए । विभिन्न मुलुकबाट नेपाल आएर नगरपालिकाका १४ वटा वडाहरुमा बसोबास गरेका १७२ जनाको विवरण तयार गरि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पठाईएको पनि उनले जानकारी गरे ।

lekbesi

उनीहरुको विवरण आउन बाँकी छ । तेस्तै सबै नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा न्युनतम औषधि र PPE पठाईएको र फोहरमैला व्यवस्थापन कार्य र स्वास्थ्य संस्थाहरु दैनिक खुल्ला गरिने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।

विश्वमा महामारीको संकट परेको कोरोना संक्रमणको त्रास नेपालमा पनि देखिसकेको छ । जसको रोकथाम र संक्रमित उपचार रोकथामको लागि नगरपालिकाले विभिनन उपाएका साथ् अगाडी बढेको ढकालले जानकारी गरे ।

आईरहेको संकट घडीमा अहोरात्र खटिने कर्मचारीको उच्च मनोबलकोलागि प्रोत्सहान खर्च स्तर अनुसार ६ सय देखि ८ सय सम्म दिने निर्णय गरेको पनि उनले बताए ।

तेस्तै यो घडीमा आन्तरिक सञ्चार र मोबाईलमार्फत सरोकारहरुहरु चौबिस घण्टा समन्यवमा रहेको पनि उनले बताए ।

नेपालमा हाल सम्म पाँच जनामाथि कोरोना संक्रमणको पुस्टि भएको छ भने सरकारले गरेको लकडाउनको समय २५ गते सम्म लम्बिएको आजको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।