Simta
Simta
lekbesi

नेपालमा कोरोना संक्रमणको महामारीमा फैलिन सक्ने भन्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपति सीलाई पत्र,

Gurvakot

चैत १६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिङ्लाई पत्र पाठाएका छन् ।

अध्यक्ष प्रचण्डले पत्रमा कोरोना नियन्त्रणमा चीन सफल भएकोमा बधाई दिएका हुन् । प्रचण्डले पत्रमा लेखेका छन् ।

चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाहरुका समाचारबाट थाहा पाएको छु ।

lekbesi

यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु’।त्यस्तै, प्रचण्डले राष्टपति सीलाई कोरोनाको महामारीसँग जुध्न नेपाललाई औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न पनि आग्रह गरेका छन् ।

महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै अध्यक्ष प्रचण्डले आवश्यक सामग्री सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

उनले नेपाल कोरोना महामारीको चपेटमा पर्न थालेको र महामारीसँग जुध्न पूर्ण तयारी गरिनसकेको बताउँदै त्यसका लागि तत्काल मेडिकल सामाग्रीको आवश्यक रहेको पत्रमा उल्लेख गरेका छन् ।

प्रचण्डले गत मार्च २६ मा आयो पत्र लेखेका थिए । तेस्त नेपाल सरकारले चीन सरकारबाट किनेका ११ प्रकारका मेडिकल सामग्री आइतबार नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं ल्याईपुर्याएको छ ।

Simta