सल्यान जिल्ला अस्पतालमा निगाल्चुलाका एकै घरका ५ जना क्वारेन्टाइनमा,

चैत १७ ,काठमान्डौ – जिल्ला अस्पताल सल्यानमा गए राति ९ बजे एकै घरका पाँच जनालाई क्वारेन्टाइनमा राखीएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १२ निगाल्चुला माझखर्कका एक ३६ वर्षीय व्याक्ति भारतबाट नेपाल आएपछि उनीमाथि ज्वरो आउने ,रुघा खोकी लाग्ने जस्ता लक्षन देखापरेपछि उनीसहित परिवारका अन्य सदस्यलाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखीएको हो ।

भारतमा मजदुरी गरि चैत १० गते घर फर्कीएका ३६ वर्षीय पुरुषमा टाउको दुख्ने लगातार ज्वरो आउने ,खोकी लाग्ने जस्ता लक्षन देखापरेको थियो ।

lekbesi

उनलाई ज्वरो कम नदेखीएपछि स्थानियले सम्बन्धित निकायमा खबर गरेका थिए ।उनि संगै घरमा रहेका उनकी २७ वर्षी श्रीमती ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत जिल्ला अस्पतालको क्वारेन्टाईनमा राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार वुढाले जानकारी दिए ।

भारतबाट फर्कीएका ति युवामा मिल्द जुल्दा लक्षन देखिन थालेपछि अस्पताल भर्ना गरिएको बताईएको हो ।

पुरुषमा सामान्य ज्वरो देखापरेको छ भने घर परिवारका अन्य सदस्यभने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

ति व्यक्तिको आज नमुना संकलन गरिदै छ ।परिक्षनको लागि प्रदेश सरकारले आज नमुना संकलन टोलि जिल्ला अस्पताल सल्यानमा पठाउने जानकारी गरेको छ ।

नमुना संकलनको रिपोर्ट नआएसम्म परिवारका सबैजनालाई क्वारेन्टाईनमा राखिने प्रदेश सरकारले जानकारी गरेको हो ।

नेपालमा हाल सम्म पाँच जनामा कोरोना संक्रमणको पुस्टि भएको छ ति सबै संक्रमण मुलुकबाट नेपाल आएका हुन्।