ग्याँसको सिलिन्डर बोकाएर बसालेको घटना छाविन सुरु ,

चैत १७ ,काठमान्डौ – ग्याँसको सिलिन्डर बोकाएर सडकमा बासाएको एक तस्वित भाईरल भएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

प्रहरीले एक व्याक्तिलई ग्याँस सिलिन्डर बोकाएर बीच सडकमा बसाएको तस्विर सामाजिक संजालमाभरि आलोचना भएपछि प्रहरीले तिव्र अनुसन्धान अगाडी बढाएको हो ।

के उदेश्य र के कारणले ग्याँस बोकाईयो भन्ने अनुसन्धान भरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले बताए ।

lekbesi

जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए यो कुन ठाँउको तस्विर हो भन्ने भने खुलेको छैन ।अनुसन्धान अगाडी बढिसकेको छ उनले भने।

सरकारले गरेको लकडाउनमा सडकमा हिडीरहेका नागरिकलाई प्रहरीले विना अकारण कुटपिट गरेका ,मुर्गा बनाएका वा दुई घण्टा सम्म सडकमा उभिन लगाएका तस्विर घटना सार्वजानिक भएका छन् ।

सरकारले अत्यावस्यक काम भन्दा बाहिर ननिक्लन नागरिकलाई निर्देशन गरेको छ ।
दैनिक उअभोग्य वस्तु कामको लागि बाहिर हिडेका नागरिकलाइ प्रहरीले बिना कारण कुटेको छ यस्ता प्रहरीलाई कारबाही गर्न सरकारले निर्देशन गरेको छ।