कोरोना संक्रमण रोकथामको लागि सुर्खेतको भेरिगंगा नगरपालिकामा क्लोरिन छर्कने काम सम्पन्न ,

चैत १७,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत भेरिगंगा नगरपालिकामा कोरोना रोकथामको लागि क्लोरिन युक्त किटनाशक औषधि छर्कने काम सम्पन्न भएको भेरिगङ्गा उधाेग वाणिज्य संघका महासचिव पूर्ण खत्रीले जानकारी गरेका छन् ।

उधोग वाणिज्य संघ र भेरीगङ्गा नगरपालिकाको सह कार्यमा नगरपालिकाका वडा टोलहरुमा किटनाशक औषधि छर्कने काम भएको उनले बताए।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथामको लागि सरकारले विभिन्न कदम चालिरहेको पनि उनले बताए ।

lekbesi

सरकारले गरेको लकडाउनलाई सबैले पालाना गरि आफु पनि बच्न र अरुलाई पनि बचाउनमा सहयोग गर्न पनि खत्रीले जानकारी गरेका छन् ।

तेस्तै कर्णाली प्रदेश सुर्खेत विरेन्द्रन नगरपालिकाले पनि गरपालिकामा किटनाशक औषधि छर्कने काम गरेको छ । नेपालमा हाल सम्म ५ जनामा कोरोना संक्रमण फेलापरि सकेको छ ।