यहि हो त लकडाउन काठमान्डौ प्रशाशनमा भिड हेर्नुहोस ,

चैत १७ ,काठमान्डौ – सरकारएल लकडाउन गरे संगै २५ जना भन्दा बढी जम्मा नहुन मात्र हैन घर बाहिर अत्यावस्यक काम भन्दा बाहिर नजान आदेश दिएको छ ।तर काठमान्डौको जिल्ला प्रशाशनमा भने यो आजको भिड हो ।

जिल्ला प्रशासनमा सवारी पास लिनेको भीड बढेपछि प्रहरीमार्फत माइकिङ गर्दै सवारी पास सम्बन्धित निकायहरुबाटै पास दिने व्यवस्था गरिएको जानकारी दिएको छ।

माइकिङबाट सूचना जारी भएसँगै प्रहरीले जिल्ला प्रशासनमा आएका सर्वसाधारणलाई फर्काएको छ।

lekbesi

प्राशाशनले आकस्मिक प्रयोजनको लागि आवश्यक पर्ने सवारी पास मात्रै आफ्नो कार्यालयबाट वितरण गरिने जनाएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संघसंस्थाका कर्मचारीका लागि पास आवश्यक परेको खण्डमा राष्ट्र बैंकबाट वितरण गरिने जानकारी गरेको छ।

राष्ट्रसेवक कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट वितरण हुने बताएको हो ।

खाद्यबस्तु लगायतका अत्यावश्यक दैनिक उपभोग्य अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु आपूर्ति गर्ने निकाय , संघ संस्थाको हकमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाएको छ।

त्यसैगरी काठमाडौंमा बस्न नसक्ने र उपत्यकाबाहिर घर जानैपर्ने भएका ठूला कम्पनी, कन्ट्रक्सन वा इँटा भट्टामा काम गर्ने ठूलो संख्यामा रहेका मजदुरको हकमा भने डीएसपी रहने प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ।

उक्त कार्यालयबाट उनीहरुलाई गन्तन्यसँग पुग्ने व्यवस्था हुने भएको छ । प्रेसको हकमा भने सवारी पास मिडिया काउन्सिलको कार्यालय बाट लिन सकिने जनाएको छ।

११ गते देखि १८ गते सम्मको लकडाउन २५ गते राति १२ बजे सम्म थप गरिएको आईतबार बसेको मन्त्रिपरिषद बैठकले जानकारी गरेको छ ।

आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले अन्तर्राष्ट्रिय उडानसमेत २०७७ वैशाख ३ गतेसम्म नहुने निर्णय गरेको छ।