Simta
Simta
lekbesi

लकडाउनमा युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित् ,

Gurvakot

चैत १७ ,सप्तरी – लकडाउनको उल्लघन गरेको भन्दै युवकमाथि निर्घात कुट्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गरिएको छ ।

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका हुन् ।

lekbesi

बिहुल गाउँपालिकास्थित नेपाल,भारत सीमावर्ती क्षेत्रमा दुई युवकलाई निर्घात कुटपिट गर्ने मध्येका सशस्त्र प्रहरी मनोज चौधरी निलम्बन परेका छ भने अर्का केशव थापा मगरलाई कारवाहीको लागि सदरमुकाम राजविराज तानिएको छ ।

मगरलाई राजविराज तानेर अनुसन्धान सुरु भईरहेको र कारवाही गरिने सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए ।

लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रनुपरेको गल्ती आफ्ना जबानबाट भएको छ’ न्यौपानेले बताए ।

ति दुवै युवक यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा छन उनीहरुले औषधि हैन उपभोग्य सामान लिएर आइरहेका थिए उनीहरु तस्कर हुन् न्यौपानेले भने ।

कुटपिट गर्नु गल्ति हो उनीहरुले दुवैले रिलाईज गरिसकेकाछन् समाजका व्यक्तिले पनि लक डाउनको समयमा यस्तो गल्ती गर्नेबारे सोचिदिनु आवश्यक छ न्यौपानेले भने ।

Simta