भुटानमा पनि आजदेखि तिन सात लकडाउनको घोषणा ,

चैत १८ ,काठमान्डौ – विश्वमाहामारीको रुपमा फैलिद गरेको कोरोना संक्रमणको बढ्ने सम्भावनालाई मध्यनजर गर्दै भुटानले पनि २१ दिन लकडाउन गर्ने घोषणा घरेको छ ।

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ। भुटानमा लकडाउन आज मंगलबारबाट लागु हुने छ ।

भुटानमा हिजो सोमबार सम्म ४ जनामा कोरोना संक्रमणको पुस्टि भईसक्को छ ।भुटानमा सबै भन्दा पहिले अमेरिकाका ७६ वर्षीय पर्यटकमा कोरोना फेला परेको थियो ।

lekbesi

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएको पुस्टि गरेको छ । ति व्यक्ति भारतको आसाम घुमेर भुटानमा आएका थिए ।